१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका प्रमुख तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेतामा औपचारिक रूपमा मनोनीत गरेको छ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले संशोधित विधानअनुसार शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
रास्वपाले पार्टीको विधान संशोधन गर्दै वरिष्ठ नेताको व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार शाहलाई उक्त जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ।
रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहबीच निर्वाचनअघि भएको राजनीतिक सहमतिअनुसार उनलाई वरिष्ठ नेता बनाउने समझदारी भएको बताइन्छ। अहिले केन्द्रीय समितिको निर्णयसँगै उक्त सहमति औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
यस निर्णयसँगै पार्टीको नेतृत्व संरचनामा शाहको भूमिका थप स्पष्ट भएको र आगामी राजनीतिक गतिविधिमा उनको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस