२०८३ आश्विन ९, शुक्रबार | Fri, 25, Sep, 2026

कांग्रेस वडा अधिवेशनमै कुटाकुट, एक जना प्रहरी नियन्त्रणमा


११५७१ पाठक संख्या
  • २०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित ११ घण्टा अघि
  • विराटनगर, ९ असोज । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा दुई पक्षबीच कुटाकुट भएको छ। विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला शुक्रबार दिउँसो विवाद बढेर कुटाकुटमा परिणत भएको हो।

    भलबद्र सेवा समिति, केसलियाको सभाहलमा मतदान चलिरहेका बेला दुई पक्षबीच विवाद भएपछि केही समय मतदान प्रक्रिया प्रभावित भएको थियो। घटनापछि प्रहरीले मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

    अधिवेशनमा सहमति जुट्न नसकेपछि वडा नेतृत्व चयनका लागि मतदान भएको थियो। वडा सभापति पदका लागि राम ढकाल र प्रकाश मण्डल ‘भोला’ पक्षले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्।

    कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पछि पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। यद्यपि, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले भने वडा अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑