२०८३ आश्विन ९, शुक्रबार | Fri, 25, Sep, 2026

मौसम प्रतिकूल, ग्रामिण महिला विकास सहकारीको साधारण सभा असोज १८ मा


१३७९ पाठक संख्या
  • २०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित ११ घण्टा अघि
  • पाँचखाल, काभ्रेपलाञ्चोक । भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि पाँचखाल नगरपालिक वडा नं ६ तिनपिप्ले बजारमा रहेको श्री ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असोज १० गतेका लागि तय गरेको साधारण सभा स्थगित गरेको छ।

    मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने तथा बाढीपहिरोको जोखिम उच्च रहेको चेतावनी दिएपछि सहकारीले सेयर सदस्यको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै पूर्वनिर्धारित कार्यक्रम सारेको हो।

    स्थानीय प्रशासनले समेत प्रतिकूल मौसमका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेपछि साधारण सभा स्थगित गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ।

    संस्थाको आज (शुक्रबार) बसेको आकस्मि बैठकको निर्णय अनुसार अब साधारण सभा २०८३ असोज १८ गते आइतबार बिहान ९ बजे सहकारी भवन, तिनपिप्लेमा हुने निर्णय भएको संस्थाका प्रबन्धक मनोज कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

    संस्थाकी सचिव गीता नेपालद्वारा जारी सूचनामा सम्पूर्ण सेयर सदस्यलाई संशोधित मिति, समय र स्थानमा उपस्थित भई साधारण सभा सफल बनाउन आग्रह गरिएको छ।

    यस्तो छ संस्थाले जारि गरेको सुचना ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑