२०८३ आश्विन ९, शुक्रबार | Fri, 25, Sep, 2026

नदीको बहाव बढेपछि टेकु कालोपुल क्षेत्र जलमग्न


२१३३ पाठक संख्या
  • २०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित १६ घण्टा अघि
  • काठमाडौँ । निरन्तरको वर्षासँगै नदीमा पानीको बहाव बढेपछि काठमाडौँको टेकुस्थित कालोपुल क्षेत्रको कोरिडोर सडक डुबानमा परेको छ।

    वर्षाको पानी र नदीको बढ्दो बहावका कारण सडक जलमग्न भएपछि सो क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रुको आवतजावत प्रभावित भएको छ।

    हाल देशभर अधिकांश भू–भागमा बादल लागेको छ। बागमतीसहित कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलानजिकका तटीय क्षेत्र र अन्य कोरिडोर सडकमा समेत डुबानको जोखिम बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय तथा होचा भू–भागमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑