२०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026

विद्युत्को पोलमा करेन्ट लाग्दा एक जनाको मृत्यु


५९५५ पाठक संख्या
  • २०८३ आश्विन १९, सोमबार मा प्रकाशित १९ घण्टा अघि
  • धनगढी । बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको हो।

    प्रहरीका अनुसार बुधबार घरबाट बाहिरिएका केसी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए। खोजी गर्ने क्रममा उनलाई सोही वडास्थित परिवन सामुदायिक वनभित्र केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको हो।

    घटनाबारे स्थानीयले बुधबार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको कमान्डमा चार जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑