१९ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले निलम्बन गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार दाहाललाई निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणअनुसारको जिम्मेवारी निर्वाह नगरेको आरोपमा निलम्बन गरिएको हो।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरीले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले उनलाई निलम्बन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस