२०८३ आश्विन २०, मंगलबार | Tue, 06, Oct, 2026

धानखेतमा २१० किलो गाँजा, तस्कर फरार


११९७ पाठक संख्या
  • २०८३ आश्विन २०, मंगलबार मा प्रकाशित २ घण्टा अघि
  • २० असोज, विराटनगर । मोरङको सीमावर्ती जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ।

    सोमबार राति जहदा गाउँपालिका–१, नयाँ बस्ती नजिकैको धानबाखेतमा कालो प्लास्टिकमा प्याक गरी लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।

    सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी, मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा खोजतलास गर्ने क्रममा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

    प्रहरीका अनुसार बरामद गाँजा बेवारिसे अवस्थामा फेला परेको हो। गाँजा कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑