२०८३ कार्तिक १६, आईतबार | Sun, 01, Nov, 2026

बेथानचोकमा वर्षाको वितण्डा : एक घर पुरियो, दुई घरमा लेदो माटो पस्दा गोठमा क्षति


१४५९ पाठक संख्या
  • २०८३ कार्तिक १५, शनिबार मा प्रकाशित १ दिन अघि
  • १४ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, खहरे खोलामा अविरल वर्षाका कारण घर तथा गोठमा क्षति पुगेको छ।

    प्राप्त जानकारीअनुसार शुक्रबार बिहान करिब ८ः४० बजे वर्षासँगै ग्राबेल र लेदो माटो बगेर आउँदा स्थानीय शेरबहादुर तामाङको ढुंगा–माटोले बनेको जस्ताको छानो भएको एकतले घर पूर्ण रूपमा पुरिएको छ। घर पुरिँदा छानोमा लगाइएको जस्ता पाता मात्र देखिने अवस्थामा रहेको छ।

    त्यसैगरी, घर नजिकै रहेका ढुंगा–माटोले बनेका दुईवटा तीनतले घरमा लेदो माटोसहितको पानी पसेको छ। स्थानीय हर्कबहादुर तामाङको घरमा समेत लेदो माटोसहितको पानी पसेको छ भने उनको घरनजिकै रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले प्रभावित दुवै परिवारका ८–८ जना सदस्यलाई सुरक्षित स्थानमा रहेका आफन्तको घरमा स्थानान्तरण गरेको जनाएको छ।

    प्रारम्भिक विवरणअनुसार उक्त घटनामा मानवीय तथा चौपायाको क्षति भने भएको छैन। अविरल वर्षाका कारण घर तथा गोठमा क्षति पुगेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा राखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑