२०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

आज आश्विन २३मंगलवार को राशिफल


१७४४७ पाठक संख्या
  • २०८० आश्विन २३, मंगलबार मा प्रकाशित २ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । स्वादिष्ट भोजन पनि पाइनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पार्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट पनि लाभ मिल्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ, तर साँझमा आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार