२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

सप्तकोशीमा जेटबोट दुर्घटना : बालिकासहित तीनको मृत्यु


७५५ पाठक संख्या
  • २०८३ कार्तिक ९, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ८ कात्तिक, विराटनगर । सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    भोजपुरबाट चतरातर्फ आउँदै गरेको जेटबोट अरुण, दूधकोशी र सप्तकोशीको त्रिवेणी क्षेत्रनजिक दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न नसकेको र पहिचानका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार जेटबोटको इन्जिन फेल भएपछि नदीमा बग्ने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

    दुर्घटनाग्रस्त जेटबोटमा १६ जना सवार रहेको बताइएको छ । तर, १२ जनाले मात्रै टिकट काटेको खुलेको छ । दुर्घटनापछि पाँच जना सकुशल घर फर्किसकेका छन् भने एक जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ ।

    जेटबोटका चालकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण, यात्रुको वास्तविक सङ्ख्या र घटनासम्बन्धी अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑