२०८३ मंसिर ११, शुक्रबार | Fri, 27, Nov, 2026

आज मङ्सिर ११ गते शुक्रबारको राशिफल


३४३ पाठक संख्या
  • २०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित २२ मिनेट अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ। व्यापारमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । हरेक काममा परिवारको साथ मिल्नेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    धनलक्ष्मी योग परेको छ । आम्दानीका बाटाहरु देखिने भएकाले मन खुसी हुनेछ । आज पारिवारिक मेलमिलाप हुनेछ । मिल्ने साथीले सहयोग गर्ने छन् । शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा फाइदा होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन सामान्य छ। साथीबाट असहयोग हुनसक्ने जोखिम छ। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नू उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा तनाव बढ्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ। आज सोचेका काम बन्ने छन् । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। बौद्धिक व्यक्ति सँगको भेटले मन शान्त बन्नेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन सामान्य छ। अरूले गरेको खराब कामको आरोप तपाईंमाथि लाग्ने जोखिम छ। अचानक स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नुपर्ने समय छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ। आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। परिवारका सदस्यको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु उचित हुन्छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन सामान्य छ। तपाईंका लागि आजको दिन खराब देखिन्छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी बलियो भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ। तर प्रेममा भने धोका हुनसक्छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    समझदारीमा काम गर्नुपर्ने छ । तपाईंको दिन धेरै राम्रो छ। विदेशतर्फ मन आकर्षित हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा होला। परिवारको साथमा हुने यात्रा सहज बन्नेछ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। साथीको साथ मिल्नेछ। जागिरमा बढुवा हुनेछ। विपक्षीसँग विवाद नगरी काममा अगाडि बढ्नु उचित हुन्छ। रानीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन राम्रो छ । तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन सामान्य छ। काम गर्दा सचेत भएर गर्नुपर्ने देखिन्छ । सञ्चित धन खर्च हुनेछ । परिवारभित्र विवाद नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा होला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑