४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारतको राजकीय भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारत भ्रमणलाई औपचारिक स्वीकृति प्रदान गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने ।’
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि यही मंसिर ६ र ७ गते भारत जाने कार्यक्रम छ । भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै प्रधानमन्त्रीको भारत भ्रमणको तयारीले औपचारिकता पाएको छ ।


प्रतिक्रिया दिनुहोस