२०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

आज मङ्सिर ७ गते सोमबार राशिफल


१३५१ पाठक संख्या
  • २०८३ मंसिर ७, सोमबार मा प्रकाशित ७ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन सामान्य छ । राज्यको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सामाजिक क्षेत्रमा लाभ मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    तपाईंका लागि आजको दिन सामान्य छ । खर्च बढ्नेछ । कार्यक्षेत्रमा थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । कृषि क्षेत्रमा नाफा हुने योग छ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । परोपकार गर्दा मन शान्त हुनेछ । राम्रो कामको प्रशंसा हुनेछ । स्वदेशमा विकल्प देखेर मन खुशी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    राम्रो छ । खर्च कम गर्नु राम्रो हुनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ काम गर्न शरीरमा ऊर्जा थपिनेछ । शिक्षाको क्षेत्रमा झुकाव रहनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ । बौद्धिक साथीले साथ दिनेछन् । दीर्घकालीन योजनाको तय गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा भन्दा शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्नाले धोका हुने जोखिम रहेको छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    व्यवहार गर्न नजानेमा सञ्चित धन खर्च हुनेछ । ठुला योजनाको सुरुवात नगर्नु उचित छ । दाजुभाइ र बन्धुले साथ दिनेछन् । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । राज्यको लाभको पद प्राप्त हुने योग छ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । राम्रो कमाइ भए पनि इज्जतमा भने प्रश्न उठ्ने खतरा देखिन्छ । कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन राम्रो छ । मन प्रशन्न हुनेछ । धन जम्मा गर्नेक्रममा इज्जतको ख्याल गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारमा भने समस्या हुने जोखिम रहेको छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    तपाईंको गला र कलाको प्रशंसा हुनेछ । साथीभाइको साथमा सुरुवात गरेको काम सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । जोगिएर यात्रा गर्नुपर्ने दिन छ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    तपाईंका लागि दिन सामान्य छ । अचानक धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सानो कुराले झन्झट आइपर्नसक्छ । हरेक काममा जोखिम बढ्नेछ । शुभग्रहको बहुमत भएकाले तपाईंले गरेका प्रयास सफल हुनेछन् । परिवारले राम्रो साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    साना कुराले मनमा खुसी मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । मानसम्मान प्राप्त हुने दिनछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । साथीसँगको भेटले मन शान्त बन्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑