२०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

आज मङ्सिर ६ गते आइतबार राशिफल


१३५१ पाठक संख्या
  • २०८३ मंसिर ६, आईतबार मा प्रकाशित १ दिन अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ । आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछन् । प्राविधिक शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा शान्ति मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य राम्रो छ । परिवारमा विवाद हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । सल्लाह लिएर गरेको कामबाट मात्र फाइदा हुनेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन सहज छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सोचेका काम पूरा हुनेछन् । कानूनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    अचानक धन खर्च हुनसक्छ । साथीको सहयोग र सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । तपाईंको प्रतिभा प्रदर्शन गर्ने समय छ । काम गर्ने हिम्मत गर्नुपर्नेछ । आज यात्रामा सतर्क हुनुपर्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    समय राम्रो छ । बौद्धिक क्षेत्रमा नाम र दाम दुवै रहनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    लगानी गर्ने कुरामा सचेत बन्नुपर्नेछ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ । ठुला मानिससँग भेट हुनेछ । बोल्ने कलाको विकास हुनेछ । विपक्षी साथीसँगको प्रतिस्पर्धामा तपाईं अगाडि बढ्नु हुनेछ । परिवारले तपाईंमाथि विश्वास गर्नेछ । राज्यको सेवामा भए बढुवा हुनेछ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । काम गर्नु अगाडि योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा जोखिम छ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँग बसेर रमाउने समय आएको छ । काम गर्दा भने सचेत बन्नु उचित हुन्छ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन राम्रो छ । आम्दानी हुनेछ । कतै घुमफिरको योजना बन्न सक्छ । साथीसँगको भेटले मन शान्त बन्नेछ । बौद्धिक मानिससँगको भेटले काम गर्ने उत्साह बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑