२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

झस्काइरह्यो तिक्त ति वचन वाणहरुले


७५३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १३, आईतबार मा प्रकाशित ५ साल अघि
  • अस्तित्व खोज्दै गएँ च्यातिएको पानाहरुमा
    भोक हाँसिरह्यो उपाय पाई दानाहरुमा।

    वेदना उकासिरहन्थ्यो न्यायको माग संगै
    उजुरी पठाउँदै गरे ति ठेगानाहरुमा।

    कहिल्यै एक्लो थिएन सदाचारी भावहरु
    हौसला छताछुल्ल थियो दुःखी छानाहरुमा।

    झस्काइरह्यो तिक्त ति वचन वाणहरुले
    ईखको आशिष बर्स्यो भोगेका तानाहरुमा।

    हृदयचक्षु हौस्याइरन्छ भित्री आँखा खोल्न
    सन्तोष पाएँ मैले उपलब्धि मानाहरुमा ।

    शर्मिला श्रेष्ठ,ललितपुर

    हाल अमेरिका

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार