२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

हनुमन्ते खोला किनारामा बेवारिसे लासA


५७६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १७, सोमबार मा प्रकाशित ६ साल अघि
  • भक्तपुर — भक्तपुरको गठ्ठाघरमा एक जनाको विभत्स शव फेला परेको छ । ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोर किनारमा उक्त शव भेटिएको हो ।

    शव महिला वा पुरुष छुट्टिने अवस्थामा छैन। स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा आइपुगेको छ। घटनास्थल बस्तीभन्दा एकान्तमा छ। भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले घटनास्थलमा प्रहरी पुगिसकेकाले अनुसन्धान सुरु भइसकेको बताए। घटनास्थलमा सुरुवालको आधारमा हेर्दा महिलाको शव हुनसक्‍ने उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार