२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

पहिरोमा पुरिएर एकजनाको मृत्यु


५५४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • १५ असार, हुम्ला ।अदानचुली गाउँपालिका-५ काखेस्थित जेसिबीले बाटो खन्‍ने क्रममा सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ ।

    उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपचारको लागि बाजुरा सामुदियक अस्पताल कोल्टी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार