२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

आज काभ्रेमा १०८ जना संक्रमित


५२१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन २६, काभ्रे। काभ्रेमा १०८ जना संक्रमित थपिएका छन्। आज (मंगलबार) जिल्लाभर ५६ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो। यस्तै आज जिल्लामा ७७२ जना सक्रिय संक्रमित रहेका छन्।

    यस्तै आज काभ्रेमा थपिएका १०८ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३४ जना, धुलिखेलमा ३३, पनौतीमा ८, पाँचखालमा १, मण्डनदेउपुरमा ५, नमोबुद्धमा ३, चौरीदेउरालीमा २, खानीखोलामा १, महाभारतमा २ जना, तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा ७, नमोबुद्धमा ५, पनौतीमा ४, बनेपामा २, रोशीमा १ जना रहेका छन्।

    पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर २२४ जना, धुलिखेलमा १४५, पनौतीमा १००, पाँचखालमा १०९, नमोबुद्धमा ८५, मण्डनदेउपुरमा ४५ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २४ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ३८८ पुगेको कार्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार