२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

माओवादीको जिल्ला समिति खारेज


४२५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण ३२, सोमबार मा प्रकाशित ४ साल अघि
  • नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। माओवादी केन्द्रले पार्टीका जिल्ला समितिहरू खारेज गरेको छ।

    पार्टीको केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गर्दै नयाँ संरचनामा जाने निर्णय गरेको हो। पार्टी संरचनामा फेरबदल गर्दै जिल्ला समन्वय समिति बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    यस्तै, केन्द्रीय समितिबाट पारित विधान अन्तरिम विधानका रूपमा लागू हुने उनले बताए। विधानलाई राष्ट्रिय सम्मेलनले अन्तिम रूप दिनेछ। प्रवक्ता श्रेष्ठले पार्टीलाई जनआधारित पार्टी बनाउने पनि बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार