२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

एमाले पार्टी परित्याग गर्दै माओवादीमा प्रवेश


४९१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र ६, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेकपा एमाले परित्याग गर्दै दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र खानीखोला गाउँ कमिटिको विस्तारित बैठकको अवसरमा एमालेका दर्जनौँ कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । खानीखोलाको बृहत्तर विकास र उन्नतीका लागि आफूहरुले माओवादी रोजेको प्रवेश गरेकाहरुको भनाई थियो ।

    एमालेबाट माओवादी प्रवेश गर्नेमा उमेश नेपाली, अभिषेक वाईबा, श्याम रुम्बा, पदम थिङ, मिन बहादुर रुमबा, कर्ण बहादुर स्याङतान, निरोज जिम्बा, नरमान गोले, सोममाया गोले, कुल बहादुर रुम्बा, सोम बहादुर रुम्बा, भिम बहादुर पाख्रिन लगायत छन् ।

    माओवादी केन्द्र खानीखोलाको विस्तारित बैठकले जनसंगठन निर्माण तथा परिचालनलाई जोड दिने निर्णय गरेको छ । बैठकलाई माओवादी केन्द्र बागमती प्रदेशका सदस्य इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले सम्बोधन गरेका थिए । उनले माओवादी जनताको पार्टी भएकाले माओवादीले जनताको पीडा र मर्म राम्रोसँग बुझेको बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार