२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

आज काभ्रेमा ९९ लाई कोरोना पुष्टि


४९५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र ८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ ८, काभ्रे। काभ्रेमा आज ९९ जना नयाँ संक्रमित थपिएका भएका छन् । आजै जिल्लाभर ८९ जना संक्रमित  उपचारपछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

    यस्तै आज जिल्लामा ४७६ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमितबढेका  छन्।यस्तै आज काभ्रेमा थपिएका ९९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३२ जना, धुलिखेल २६, पनौतीमा १३, पाँचखालमा ७, नमोबुद्धमा ५, मण्डनदेउपुरमा ३, भुम्लु गाउँपालिकामा ४, बेथानाचोकमा १, रोशीमा ३, तेमालामा १, खानीखोलामा १ जना, तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ३ जना रहेका छन्। यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ९७५ पुगेको कार्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार