२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

एमाले विभाजनपछि संसदमा कुन दलका कति सांसद ?


४२९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित ४ साल अघि
  • १३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाल टुक्रिएसँगै संसदीय गणितमा फेरबदल भएको छ । नेकपा (एमाले)बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको अवस्थामा संसदको गणित पनि फेरबदल भएको हो ।

    फेरिएको गणितसँगै प्रतिनिधिसभामा नेकपा (एमाले)को सांसद संख्या ९८ जना रहेको छ भने राष्ट्रियसभामा २६ जना रहेको छ । त्यस्तै नेपाली कांग्रेसको प्रतिनिधिसभामा ६३ जना र राष्ट्रियसभामा ७ जना, माओवादी केन्द्रको प्रतिनिधिसभामा ४९ जना र राष्ट्रियसभामा १५ जना सांसद रहेका छन् ।

    नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभामा २३ जना र राष्ट्रियसभामा ७ जना, जनता समाजवादी पार्टीको प्रतिनिधिसभामा २१ जना र राष्ट्रियसभामा २ जना र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधिसभामा १३ जना र राष्ट्रिय सभामा १ जना सांसद रहेका छन् ।

    राष्ट्रिय मान्यता पाएका यी दलसँगै प्रतिनिधिसभामा स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना, राष्ट्रिय जनमोर्चाको १ जना, नेपाल मजदुर किसान पार्टीको १ जना र स्वतन्त्र सांसद १ जना रहेका छन् । त्यस्तै राष्ट्रिय सभामा पनि १ जना स्वतन्त्र सांसद रहेका छन् । संसदको गणित फेरिएको संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला बताउँछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार