२०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

दिनभर चल्ला बेच्ने, राति डकैती


५१८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २, सोमबार मा प्रकाशित ४ साल अघि
  • भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् । चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ ।

    बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धनसम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउपालिकामा लुटदै् गर्दा गाउँलेले समातेर प्रहरीलाई बझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो। मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो । माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४ डिगाउका हरिप्रकाश विकका घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो । माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रूपैडिहाका निजामुद्दिन कवडिया पक्राउ परेका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार