२०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ५०


४५५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

    भारतीय आयल कर्पाेरेशनको नयाँ मूल्यसूचीअनुसार मूल्य बढाउनु परेको निगमले जनाएको छ ।नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

    अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ कायम भएको छ । साथै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् छ । केही दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले बिहीबार पुनः बढाएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार