२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

ठगी अभियोगमा विश्वकर्मालाई पाँचखाल बाट प्रहरीले झ्याप


८८४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ ३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रेपलाञ्चोक । बैकिङ्ग कसूर मुद्दामा कैद, बिगो भराउने र बिगो बमोजिम जरिवाना हुने ठहर भएको मुद्दामा कारागार कैद भुक्तानी गर्दै गरेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै ठगी गर्नेलाई काभ्रे प्रहरीले पाँचखालबाट पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कार्यालय सुन्धारा काठमाण्डौमा कैद भुक्तान गरी रहेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै बन्दीका बुवा काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. ०७ बस्ने वर्ष ६२ को हिराकाजी श्रेष्ठलाई बिभिन्न प्रकारको झुट्टो आस्वासन देखाई बिभिन्न मितिमा पटक–पटक गरी रु. १० लाख १९ हजार ठगी गरेको अभियोगमा जिल्ला मकवानपुर बागमती गाउँपालिका वडा नं. ०६ बस्ने यमलाल बि.क.को छोरा अं. वर्ष ३३ खड्ग बहादुर बिश्वकर्मा लाई पक्राउ गरिएको छ ।

    आफुलाई ठगि गरेकोले कानुनी कारवाही गरिपाउं भन्ने जाहेरी दरखास्तको आधारमा प्रहरीले कारवाही प्रकृया अगाडि बढाउने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पुस २९ गते पाँचखाल नगरपालिका वडा नं. ०४ फेदीमा फेला पारी निज प्रतिवादी खड्ग बहादुर बिश्वकर्मालाइ आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार