२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि निगमको जहाज आज राति ११ बजे इजरायल जाँदै


९२०५ पाठक संख्या
  • २०८० आश्विन २४, बुधबार मा प्रकाशित २ साल अघि
  •  

    काठमाडौं, २४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज बेलुका नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको छ ।

    नेपालीको उद्दारमा ढिला भइरहेको गुनासोबीच बुधबार विहान प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्दारका लागि आज कुनै हालतमा पनि विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने बताएको छ ।

    इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले कुनै कसर बाकि नराख्ने बताउदै प्रधानमन्त्री प्रचण्डले नेपालीको उद्धारका लागि सबै तयारी गर्न निर्देशन दिदै आएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार