२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

समाजवादी काभ्रेको सपथग्रहण सम्पन्न


९८०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १२, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

    बनेपा स्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अधिवेशनबाट निर्वाचित पदाकारी तथा सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

    सपथग्रह समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी संगठनलाई बलियो बनाउन जनताको मुद्दामा केन्द्रीत हुन नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई आग्रह गरे । उनले तत्काल पार्टी एकता कोहीसँग नहुने भन्दै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । यही चैत ३ र ४ गते बनेपामा सम्पन्न १० औँ अधिवेशनबाट ५७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएका थिए । अध्यक्षमा बसुन्धरा हुमागाई निर्विरोध निर्वाचित भएका हुन् ।

    सपथग्रहण कार्यक्रममा उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, केन्द्रीय सदस्य विदुर सापकोटा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम, केन्द्रिय परिषद् सदस्य दिपक गौतम लगायत सहभागी रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार