२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्नुस—मन्त्री गुरुङ


४२९१ पाठक संख्या
  • २०८१ पौष २०, शनिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ, पुस २० गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

    सुदूरपश्चिममा मनाइने ‘भुवा’ पर्वका अवसरमा एमाले बझाङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक भएको बताउँदै कार्यकर्तालाई सोहीअनुरुप काम गर्न अनुरोध गर्नुभयो।

    “पार्टीलाई अझै प्रभावकारी र अनुशासित बनाउनुपर्ने छ, बेलैमा पार्टीभित्रको अनुशासन कायम गर्न सकिएन भने दक्षिणपन्थी अवसरबाद र सङ्गठनात्मक अराजकता मौलाउने छ” उहाँले भन्नुभयो।

    त्यसअवसरमा एमाले सचिव लेखराज भट्टलले बझाङलगायतका जिल्लामा मनाइने ‘भुवा’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको उल्लेख गर्दै  त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार