२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

केपी शर्मा ओलीलाई पितृशोक , बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन


४९१५ पाठक संख्या
  • २०८२ फागुन २९, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लाई पितृशोक परेको छ । उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

    नेकपा एमालेकी सचिव पदम अर्यालले सामाजिक सञ्जालमार्फत मोहनप्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन् । केही दिनयता अस्वस्थ रहेका उनको भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

    परिवार स्रोतका अनुसार मोहनप्रसाद ओलीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा राखिनेछ । त्यहाँ आफन्त, शुभेच्छुक तथा राजनीतिक दलका नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि शुक्रबार दिउँसो पसुपती स्थित आर्यघाटमा उनको अन्त्येष्टि गरिने जनाइएको छ ।

    मोहनप्रसाद ओलीको निधनको खबर सार्वजनिक भएसँगै राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन् । नेताहरूले स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

    दीर्घायु जीवन बिताएका मोहनप्रसाद ओली गाउँसमाजमा सरल, मेहनती र अनुशासित व्यक्तित्वका रूपमा चिनिन्थे । उनका सुपुत्र केपी शर्मा ओली नेपालको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताका रूपमा स्थापित भएका छन् ।

    मोहनप्रसाद ओलीको निधनले ओली परिवार मात्र होइन, उनलाई चिन्ने आफन्त तथा शुभेच्छुकहरूमा समेत शोकको वातावरण सिर्जना भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार