२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

छात्र तर्फ पाँचखाल नगर प्रथम इरोज वस्नेत ,गोल्डेन फ्युचरको शतप्रतिशत नतिजा : ५३ विद्यार्थी सबै उत्तीर्ण


७४६३ पाठक संख्या
  • २०८३ बैशाख ३०, बुधबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुल ले उत्कृष्ट नतिजा हासिल गर्दै पाँचखाल नगरकै अब्बल विद्यालयको रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ ।

    सार्वजनिक विवरणअनुसार विद्यालयबाट एसईई परीक्षामा कुल ५३ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी सबै विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । विद्यालयले १०० प्रतिशत नतिजा हासिल गर्दै शैक्षिक गुणस्तरमा उल्लेखनीय सफलता प्राप्त गरेको हो ।

    नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ३.६ देखि ४.० GPA हासिल गरेका छन् भने २७ जनाले ३.२ देखि ३.६ GPA प्राप्त गरेका छन् । त्यसैगरी २० जना विद्यार्थीले २.८ देखि ३.२ GPA ल्याएका छन् । कुनै पनि विद्यार्थी ननग्रेडेड नभएको तथ्यांकले विद्यालयको शैक्षिक वातावरण र प्रभावकारी अध्यापन पद्धतिलाई झल्काएको छ ।

    यसै विद्यालयका विद्यार्थी इरोज बस्नेत ले ३.९६ GPA सहित छात्रतर्फ पाँचखाल नगर प्रथम हुन सफल भई विद्यालय तथा नगरकै गौरव बढाएका छन् ।

    विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक नतिजाका लागि निरन्तर प्रयासरत रहने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार