२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

ड्राइभिङदेखि कम्प्युटरसम्म : अपाङ्गता भएका व्यक्तिका लागि पाँचखालको विशेष कार्यक्रम


२६०१ पाठक संख्या
  • २०८३ जेष्ठ ५, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्ने उद्देश्यले सीप तथा व्यवसायिक स्तरोन्नति सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार करुणा फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालन भइरहेको “अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम अघि बढाइएको हो।

    नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा अपाङ्गता भएका व्यक्तिका परिवारलाई लक्षित गर्दै उनीहरूको रोजगारी, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यसहित विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ। सूचनामा सहभागी हुन इच्छुक व्यक्तिलाई आफ्नो वडा कार्यालय वा नगरपालिकाको कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ।

    नगरपालिकाका अनुसार निवेदन पेश गर्दा अपाङ्गता परिचयपत्रको फोटोकपी, आफूले सञ्चालन गरिरहेको व्यवसायको विवरण तथा लिन चाहेको तालिमसम्बन्धी जानकारी खुलाउनुपर्नेछ। तालिम अन्तर्गत ड्राइभिङ, कम्प्युटर लगायतका सीपमूलक कार्यक्रम समावेश गरिने उल्लेख गरिएको छ।

    सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ। नगरपालिकाले यस कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने, सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने तथा समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार