२०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

पाँचखालमा आँखा स्वास्थ्य सेवाको नयाँ गन्तव्य बन्यो ‘सफल आँखा क्लिनिक’


९६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • पाँचखाल, काभ्रे ।काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा आँखासम्बन्धी सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले ‘सफल आँखा क्लिनिक तथा उपचार केन्द्र’ सञ्चालनमा आएको छ।

    पाँचखाल नगरपालिका–३, नगरपालिकाको पछाडि, जोरपाटीमा रहेको उक्त क्लिनिकले स्थानीय बासिन्दालाई गुणस्तरीय आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ।

    क्लिनिकले कम्प्युटर प्रविधिमार्फत आँखाको परीक्षण, चस्मा जाँच तथा चस्मा निर्माण सेवा उपलब्ध गराउँदै आएको छ। साथै, मोतियाबिन्दुको अपरेशन प्रत्येक तीन महिनामा सञ्चालन गरिने व्यवस्था मिलाइएको क्लिनिकले जनाएको छ। यसबाट विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

    आँखा मानव शरीरको संवेदनशील अंग भएकाले समयमै परीक्षण र उपचार आवश्यक रहने चिकित्सकहरूको भनाइ छ। पछिल्लो समय मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण आँखासम्बन्धी समस्या बढ्दै गएकाले नियमित जाँच गर्नुपर्ने आवश्यकता पनि बढेको छ।

    स्थानीय नागरिकहरूले आफ्नै क्षेत्रमा आधुनिक उपकरणसहितको आँखा उपचार सेवा उपलब्ध हुँदा समय र खर्च दुवै बचत भएको बताएका छन्। विशेषगरी ज्येष्ठ नागरिक, विद्यार्थी तथा दैनिक कामकाजमा व्यस्त व्यक्तिहरूका लागि यस्तो सेवा लाभदायक बनेको उनीहरूको भनाइ छ।

    क्लिनिकले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्दै आएको जनाएको छ। सञ्चालक पक्षले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गरी काभ्रेपलाञ्चोकका नागरिकलाई सहज र भरपर्दो आँखा उपचार उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिएको छ।आखा उपचारमा थप सुबिधाको लागि पाँचखाल तामाघाटबाट यातायातको व्यवस्था गरेको आयोजकले जानकरी गराएको छ । जेष्ठ २४ गते आईतबार विधिबत रुपमा उद्घाटन गरी थप विशेष सेवा प्रदान गर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार