काठमाडौँ । लगातार दुई दिन उकालो लागेको अमेरिकी डलरको मूल्य शनिबार केही घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
बिहीबार र शुक्रबार डलरको मूल्य यसभन्दा माथि रहेको थियो। पछिल्लो गिरावटसँगै डलरको मूल्यमा केही राहत देखिएको हो।
राष्ट्र बैंकका अनुसार शनिबार युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ कायम भएको छ। बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा तोकिएको छ।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ १८ पैसा र १०८ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलर ११९ रुपैयाँ ७३ पैसा र १२० रुपैयाँ २० पैसा कायम गरिएको छ।
जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ७९ पैसा र २२ रुपैयाँ ८८ पैसा, साउदी रियाल ४० रुपैयाँ ७५ पैसा र ४० रुपैयाँ ९१ पैसा तथा कतारी रियाल ४२ रुपैयाँ र ४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।
यसैगरी यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७० पैसा तथा दक्षिण कोरियाली वन (१००) को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा रहेको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार ४९७ रुपैयाँ २७ पैसा र ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनार ४०५ रुपैयाँ ८९ पैसा र ४०७ रुपैयाँ ४८ पैसा तथा ओमानी रियाल ३९७ रुपैयाँ ४२ पैसा र ३९८ रुपैयाँ ९८ पैसा तोकेको छ।
विदेशी मुद्राको विनिमयदरले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स, विदेश अध्ययन, आयात–निर्यात तथा अन्तर्राष्ट्रिय कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले डलरसहित प्रमुख मुद्राको दैनिक उतारचढावलाई चासोका साथ हेरिने गरेको छ।
प्रतिक्रिया दिनुहोस