२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

चेष्टाको २५ औं रजत बर्ष सम्पन्न


३२८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-“अशल समाज निर्माणका लागि सत्य समाचार सम्प्रेषण” भन्ने मुलनारा लिएर काभे्रबाट प्रकाशन सुरु भएको चेष्टा साप्ताहिक २५ बर्ष पुगेको अवसरमा रजत बर्ष मनाएको छ । काभे्रमा दर्ता भइ निरन्तर रुपमा प्रकाशन हुदै आएको साप्ताहिकले काभे्रली मात्रैको नभई काभे्र र आसपासका पाठकहरुको समेत ढुकढुटी बन्न सफल भएको छ ।

    आईतबार धुलिखेलमा सम्पन्न २५ औं स्थापना दिवसका प्रमुख अतिथि काभे्र क्षेत्र नं १ बाट निर्वाचित सांसद गंगाबहादुर दोङ (बमध्वज) ले काभे्रमा पत्र पत्रिकाको अभाव भएको समयमा प्रकाशन सुरु भएको चेष्टाले आम पाठकको मन जित्न सफल भएको बताउनु भयो । अशल समाज निर्माण गर्ने प्रण गर्दै अगाडी बढेको चेष्टाले उसको मिसन पुरा गर्नको लागि जस्तो सुकै समस्या आउदा पनि निरन्तर रुपमा अगाडी बढ्दा आम पाठकको मन जितन सफल भएको बताउनु भयो । सांसद दोङ्गले थप्नुभयो काभे्रको दुर दराजमा लुकेर रहेको कतिपय महत्वपुर्ण बिषयलाई समेत उजागरन गर्न सफल रहेको र दुर्गमका बस्तिहरुमा थप केन्द्रित हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रमका बिशेष अतिथि प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पछिल्लो समयमा आएर प्रिन्ट मिडियालाई चौतर्फि आक्रमण रहेको र अनलाईन मिडियाले आतंक मच्चाएको बताउनु भयो । पत्रकारहरुले निस्पक्ष ढंगबाट कलम चलाउनु पर्छ , मागेको भरको सुचनाले पाठकको चित्त नबुझ्ने बताउनु भयो । आम पाठकको चित्त बुझाउनको लागि सुचना खोज्नु पर्ने बताउनु भयो । कतै कोही कोही पत्रकारहरु न्यायाधिश बन्न खोजेको पाईन्छ त्यस्तो कार्य गर्नु पाठकको मन कुंड्याउनु सरह भएको बताउनु भयो ।

    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठले अनलाइन मिडियाले पत्रकारिताको मर्यादाभित्र रहेर काम गर्ने हो भने सूचना प्रवाहमा धेरै अगाडी बढ्न ठोकुवा गर्नु भयो । देशमा शासकले आफ्नो उद्देश्य प्राप्तिका लागि मात्रै सञ्चारमाध्यमलाई प्रयोग गर्ने र शासकको उद्देश्य विपरित सञ्चार क्षेत्र अघि बढ्दा सञ्चार माध्यममाथि हस्तक्षेप गर्ने प्रबृत्ति विश्वमै भएको बताउनु भभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा पत्रिका ९ सय ४०, टेलिभिजन २ सय रेडियो ७ सय ५० र अनलाइन पत्रिका १ हजार ३ सय दर्ता भइसकेको बताउंनु भयो । जानकारी दिँदै अधिकांश सञ्चारमाध्यामले श्रमजीवी ऐन लागु गर्न नसकेको बताउनु भयो । राजनीतिक अवस्था परिवर्तनका लागि सञ्चार क्षेत्रको गहन भूमिका खेलेको भएपनि नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा समेत सञ्चारक्षेत्रमा भने खासै परिवर्तन आउन नसकेको बताउनु भयो । विगतमा राजनीतिक परिवर्तनको लागि मिशन पत्रकारिताको माध्यमबाट अगाडि बढेको तर अव मिसन पत्रकारीताको समय सकिएकोले मुलुकको समृद्धितर्फ कलम चलाउनु पर्ने बताउनु भयो ।

    चेष्टा साप्ताहिकका प्रकाशक सम्पादक अशोक व्याञ्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन गर्दै पत्रिकाका कार्यकारी सम्पादक एवं पत्रकार महांसंघ काभे्र अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रिका स्थापना कालदेखिको गतिविधि प्रस्तुत गर्नु भएको थियो । पत्रिकामा रहेर उत्कृष्ट कार्य गर्ने (उत्कृष्ट कर्मचारी) लोकवहादुर थापालाई नगद समेतले सम्मान गरेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्यहरू, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरू, राजनीतिक दलका नेताहरू, व्यवसायीहरू समेतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार