२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

सुरक्षाको सुष्तताको कारण पाँचखालमा चोरी, स्थानियले सम्झीय फुँयाललाई


३५०५ पाठक संख्या

पाँचखाल-पछिल्लो समयमा आएर प्रहरीले सवारी तथा पैदल ग्रस्ति गर्न कन्जुसाई गर्दा पाँचखाल र आसपासको क्षेत्रमा

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पछिल्लो समयमा आएर प्रहरीले सवारी तथा पैदल ग्रस्ति गर्न कन्जुसाई गर्दा पाँचखाल र आसपासको क्षेत्रमा चोरीको विगविगि भएको छ । विगतमा रातीको समयमा राजमार्ग र आशपासको संभाव्यत स्थानमा प्रहरीले सवारी तथा पैदल ग्रस्ति गर्दा रातीको समयमा मदिरा सेवन गर्ने र चोरी नियन्त्रण भएको थियो ।

    स्थानिय एवं पाँचखाल उद्योगबाणिज्य संघका अध्यक्ष राजन कार्कीले भन्नुभयो—विगतमा चोरी तथा मदिरा नियन्त्रणको लागि प्रहरीको ठुलो भुमिका थियो, तर हाल आएर पैदल तथा सवारी ग्रस्ति नगर्दा दिनपरदिन विकृतिहरु वढ्दो छ । पाँचखाल चौकीमा ईञ्चार्जको रुपमा आउनु भएका बच्चुराम फुयाल, बाबुराम झा, दिपेन्द्र चन्दले पाँचखालमा सुरक्षाको अवस्था मजबुत बनाएको थियो । जसका कारण स्थानियहरु सुरक्षीत महसुस गर्दै ढुक्क थिए तर हाल सुरक्षाको अवस्था खस्कदै जाँदा समस्या भएको बताउनु हुन्छ अध्यक्ष कार्की ।

     

    केही समय अगाडी देखी पाँचखाल बजारमा चोरीको विगविगि बढेको छ । एकै रातमा सहकारीहरु साथै पसल चोरी भएको थियो । चोरीमा संलग्न हुनेहरुको पहिचान गरी कारवाही गर्न नसक्दा चोरी निरन्तर रुपमा हुन थालेको छ । दिउंसै घरभित्र पसेर सुन चोर्ने कार्य, घरमा पसेर नगद तथा जिन्सि समाना चोरी गर्ने कार्यहुंदा कारवाहि हुन सकेन । त्यसैले गर्दा चोरीमा संलग्नहुनेहरुको मनोवल बढ्न गई पुन पाँचखालमा एकै रातमा दुई किराना पसल साथै पार्कीङ्ग गरीराखेको दुई वटा निसान गाडीमा रहेको स्पेयर टायर समेत चोरी भएको छ ।
    पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाट बजारमा रहेको जगन्नाथ अधिकारी र सान्ता वहादुर नापीतको गरी दुई किराना पसलमा चोरी भएको पिडित पक्षले जानकारी गराएका छन् । उक्त पसल मध्य जगन्नाथ अधिकारीको पसलबाट पसलमा रहेको सवै प्रकारको चुरोटहरु साथै अन्य किराना सामान र १ थान मोवाईल समेत गरी ८५ हजारको सामान चोरी भएको जानकारी प्राप्त भएको छ ।

    केही बर्ष अगाडी पनि सोही पसलमा चोरी भएको थियो तर चोरीमा संलग्नताहुनेको पहिचान हुन सकेको थिएन । त्यसैगरी सान्त वहादुर नापीतको पसलबाट बिभिन्न प्रकारका चुरोटहरु साथै किराना सामानहरु गरी ६० हजारको सामान हराएको पिडित पक्षले बताउनु भएको छ ।

    त्यसैगरी पार्ककिङ्ग गरी राखेको केशर बहादुर श्रेष्ठको बा.५ ख ६७३३ नं पुर्ण वहादुर दनुवारको वा.५ ख ६७२४ नं.को महेन्द्र निशान गाडीको स्पेयर टायर चोरी भएको छ । चोरीको बिषयमा पाँचखाल प्रहरी चौकिका प्रमुख शिवप्रसाद पराजुलीसंग सम्पर्क राख्दा सुक्ष्म ढंगले अनुसन्धान सुरु गरेको वताउनु भएको छ । उहाँले भन्नुभयो चोरीको क्रममा फोरिएको तालाको प्रकृति हेर्दा कुनै पेसेवर समुहले नै चोरी गरेको हुनसक्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार