२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

समाजमा शान्ति, सुसाषण कायम गर्न धर्मले टेवा मिल्छ-सांसद,मंदिर निर्माणको लागि दानविरहरुले २३ लाख


३९३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ बैशाख १८, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-समाजमा शान्ति, सुसाषण कायम गर्न धर्मले ठुलो टेवा मिल्छ । धार्मीक गुरुहरुले प्रदान गरेको ज्ञानले गर्दा सकारात्मक शंदेस दिन्छ जुन समाजको हितको लागि कोषेढुंगा सावित हुन्छ ।

    उक्त भनाई प्रदेश सांम्सद बसुन्धरा हुमागाईले पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा श्रीमद् भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ २८ औं भागवतको समापन कार्यक्रमको अवसरमा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि साम्सद हुमागाईले पाँचखाल तिनपिप्लेका स्थानियहरु बिकास प्रेमि साथै धर्मप्रति आस्था रहेको र बिकास निर्माणको लागि साथै धर्मको रक्षाको लागि सप्ताहको माध्यम अपनाउनु भएकोमा खुसि व्यक्त गर्नुभयो । सामुहिक ढंगवाट लगाईएको सप्ताहमा दानविरहरुले दिल खोलेर दानगरेको रकमले निर्माणाधिन कृष्ण मंन्दिरको निर्माण कार्य सम्पन्न हुने बताउंदै निर्माणको चरणमा संकलित रकमबाट अपुग भएमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

    कृष्ण मन्दिर व्यवस्थापन समिति एवं श्रीमद् भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ २८ औं समारोह समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको मुल उद्देश्य पितृमोक्ष साथै तिनपिप्ले बजारमा निर्माणाधिन अवस्थामा रहेको कृष्ण मन्दिर निर्माण कार्य सम्पन्न गर्ने रहेको आयोजक समितिका अध्यक्ष नारायण कृष्ण श्रेष्ठले कार्यक्रमको समापनको क्रममा बताउनु भयो ।

    कार्यक्रमको संञ्चालन गर्ने क्रममा आयोजक समितिका सचिव भोजराज पन्तले तिनपिप्लेमा रहेको ऐतिहासिक कृष्ण मंदिर, विनासकारी महांभूकम्पले क्षत विच्छेद पारेपछि स्थानियहरुको सकृयता साथै आर्थिक सहयोग र पुर्व सांसद बिदुरप्रसाद सापकोटा मार्फत संसद बिकास कोषबाट उपलब्ध भएको रकमबाट निर्माण कार्यको सूरुवात भएको बताउनु भयो । निर्माणाधिन मंदिरको भवन निर्माण कार्य सम्पन्न भएपनि अन्य व्यवस्थापन कार्य बाँकी रहेकोले सो कार्यको पुर्णताको लागि श्रीमद् भागवत सप्ताहको आयोजना गरेको बताउदै दानविरहरुले दानगरेको रकमबाट मंदिर निर्माण कार्य सम्पन्न गर्ने बताउनु भयो ।

    आयोजक समितिका सह—सचिब विष्णुहरी पौडेलले सप्ताहमा दानगर्ने दानविरहरुको नामावलि पडेर सुनाउंदै सम्पुण दानविरहरुले दान गरेको रकमलाई सहि ढंगबाट सदुपयोग गर्दै पारदर्सिताको लागि आम्दानि तथा खर्च विवरण सार्वजनिक गर्ने बताउनु भयो । कार्यक्रममा आयोजक समितिको तर्फबाट सम्पुर्ण आर्थिक कारोवारको जिम्मेवारी निर्वाह गर्दै आउनु भएका रमेश पौडेलले सप्ताहबाट १४ लाख ३५ हजार ४ सय ६९ रुपैया नगद संकलन भएको र पाँचखाल नगरपालिकाको तर्फबाट ५ लाख , पाँचखाल नगरपालिका वडा नं ६ वडा कार्यालयबाट २ लाख, मण्डन उपत्यका सामाजिक उत्थान समाज केन्द्रबाट १ लाख, मण्डन उपत्यका सामाजिक उत्थान गाउं सामाजिक समिति पाँचखाल बाट १ लाख गरी ९ लाखको मंदिर निर्माणको लागि योजना मार्फत रकम उपलब्ध हुने बताउनु भयो । नगद र योजना सहित गरी २३ लाख ३५ हजार ४ सय ६९ संकलन भएको पौडेलले जानकारी गराउनु भयो ।

    बैशाख १० गतेबाट सुरु भएको उक्त सप्ताह बुधबार (आज) वाचक पं.शिवप्रसाद सापकोटा र कथा उप—बाचक पं.विष्णुप्रसाद तिमल्सिना समेतको मुखारबिन्दबाट कथा बाचन भएको थियो । समापन कार्यक्रममा सप्ताह सफल गराउन जिम्मेवारी निर्वाह गर्ने साथै बिभिन्न क्षेत्रबाट उल्लेख्य भुमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार