पोखरा । सोमबार पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो । दिउँसो एक बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए ।
खेल शुरु भयो । भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो ।
मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक रहनुभएका मन्त्री पुनले खेलाडीको अनुहारभरी पराजितको पीडा देखेपछि आफूलाई रोक्न सक्नुभएन । आँखाभरी आँशु पार्दै उनले नेपाली खेलाडीलाई मेडल वितरण गरिन् ।’नेपाली खेलाडी छोरीहरु निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन उनीहरुको अनुहारमा पराजित हुनुपरेको पीडाले मलाई निकै भावुक बनायो, छोरीहरु निराश हुँदा मेरो आँखामा आँशु रोकिएन, उनले भनिन् ।
आउने दिनमा उनीहरुलाई हामीले लगानी गर्न सके अन्तर्राष्ट्रिय जगतमा उनीहरुबाट नेपालको नाम थप उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस