काठमाडौं– बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारले स्वदेश फर्काउन पहल नगरेको भन्दै शुक्रबारदेखि रिले अनसन शुरु गर्ने चेतावनी दिएका छन् ।
बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक महिना अघिदेखि स्वदेश फर्काउन नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए । विद्यार्थीहरुले आफूहरुको मागको सरकारले वेवास्ता गरेको भन्दै शुक्रबारदेखि अनसन शुरु गर्ने चेतावनी दिएका हुन् ।
बंगलादेशमा रहेका कलेज समेत आगामाी सेप्टेम्बर सम्मका लागि बन्द भएका छन् । आफूहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनीहरुले चाँडोभन्दा चाँडो स्वदेश फर्काउन आग्रह गर्दै आएका छन् ।
बंगलादेशको ढाकास्थित नेपाली दूतावासमा स्वदेश फर्कन चाहने ८ सय ९८ जना नेपालीको विवरण समेत संकलन गरिएको छ । विदेशी भूमीमा रोग र भोकको त्रासमा अलपत्र रहँदा समेत सरकारले उद्धार नगरेको भन्दै विद्यार्थीहरुले अनशन बस्ने निर्णय गरेको बंगलादेशमा रहेका नेपाली विद्यार्थी नवीन यादवले बताए । विद्यार्थीहरुले आज देखि अनसनको बस्ने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस