२९ वैशाख, काठमाडौं । सर्लाही र सुनसरीमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरी बस्ने ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँस्थित सामुदायिक वनमा घाँस काटन रुखमा चढेको अवस्थामा हाइटेक पावरको तारमा छुन गई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गोलेको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस