२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

धुलिखेल अस्पतालमा कोरोनाको कारण मृत्यु भएकी महीलाको अन्तिम दाह संकार पशुपति आर्यघाटमा


२८३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • ३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।

    कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन् । नेपाल प्रहरीका एक अधिकृतले महिलाको दाहसंस्कार गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘शव बाहनमार्फत पशुपति आर्यघाट लाँदैछौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार