८ जेठ, सप्तरी । मोवाइल चार्ज गर्ने क्रममा मोवाईलमा करेन्ट सर्ट भई करेन्ट लाग्दा सप्तरीमा एक महिलाको आज (बिहीबार ) ज्यान गएको छ ।बोदे बर्साइन नगरपालिका ९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
करेन्ट लागेर असख्त भएकी मिरकुनदेवीको उपचारका लागि बोदे बर्साइन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो र सो बिषयमा थप अनुसन्धान हुदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस