२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

एटिएम मेसिन फुटाउंदै गर्दा प्रहरीले झ्याप


३११६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • १७ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर बताउने र हाल भक्तपुरको नगदेशमा बस्ने २१ वर्षीय सचिन तामाङ छन् ।

    शनिबार बिहान करिब सवा २ बजेतिर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ बाहखा बजारस्थित सन्जिब चित्रकारको घरको भुइँतलामा रहेको एटिएम मेसिन फुटाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए ।

    उनको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत ठिमीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको डीएसपी गिरीले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु