दैलेख — दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।
‘रिपोर्ट पोजिटिभ आउनेबित्तिकै हामीले शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका छौं,’ उनले भने, ‘यसको लागि दैलेख जिल्ला प्रशासन कार्यालय र नगरपालिकासँग नियमित सम्पर्क भइरहेको छ ।’ ती व्यक्तिमा कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस