२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

भारतमा कोरोना संक्रमित दुई लाख पुग्न लाग्यो, ५३९४ मृत्यु


२१३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • १९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार ५३५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार ३९२ नयाँ संक्रमित थपिएका हुन् । भारतको लागि एकैदिन थपिएका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

    त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट पाँच हजार ३९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २३० जनाको मृत्यु भएको हो ।

    भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार २८६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १७३ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि १९ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ४७३ जनाको मृत्यु भएको छ । गुजरातमा १६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ३८ जनाको मृत्यु भएको छ ।

    पश्चिम बंगालमा पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३१७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा सात हजारभन्दा बढीमा संक्रमण देखिँदा २१३ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार आठ सयभन्दा संक्रमित छन् भने २१ जनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा कोरोना भाइरका करिब ९२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार