काभ्रे २३/काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक जिल्लामा कोरोना रोगको पुष्टि हुदा जिल्लावासि ससंकित भएका छन् ।कोरोना पुष्टि हुनेमा रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।
प्रतिक्रिया दिनुहोस