काठमाडौँ — जिल्लामा कोरोना संक्रमण बढेको भन्दै दैलेख प्रशासनले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा हालसम्म २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ । प्रशासनले अर्को आदेश नभइन्जेलका लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाबाहेकका काम नगर्न आदेश दिएको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस