पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले सोमबार बिहानै विज्ञप्तिमार्फत मृत्युको पुष्टि गरेका हुन् । प्रदेशभरि हालसम्म ११४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४ सय ६७ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस