२७ जेठ, रौतहट । राैतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसिहत एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साह रहेका छन् ।प्रदेश र जिल्लाको संयुक्त प्रहरी गस्ती टोलीले ८ लाख रुपैयाँसहित साहलाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी भरत श्रेष्ठले बताए ।
यसअघि जेठ ८ मा रौतहटको इशनाथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो । ‘पछिल्लो घटनाहरु हेर्दा रकमको ओसार पसार बढेको देखिएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘पहिलो घटनाको अनुसन्धान कार्य जारी नै रहेको बेला आज फेरि एक जनालाई नियन्त्रणमा लिएका छौं । रकम ओसार पसार गर्ने कार्यको बारेमा थप अनुसन्धान अघिबढाउँछौं।’पछिल्लो समय हुण्डी काराेबारीहरुले रौतहटको इशनाथ, गौर र राजदेवी नगरपालिकाको नाकाहरु प्रयोग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस