२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

रिपोर्टमा पोजेटिभ देखिएका ५ बर्षे बाकको मृत्यु


२७२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ३० जेठ, वीरगञ्ज । बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् । चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।

    स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए । ‘बालकको साँझ मृत्यु भएको छ, स्वाब संकलन गरेर आरटी पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाएका छौं’ उनले भने ‘ रिपोर्ट आउन बाँकी छ ।’
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार