२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

पहिरोले जिप पुर्दा दुईको मृत्यु चार घाईते


२६६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • ६ असार, गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

    शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन  र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

    घाइते रमेश रानालाई र्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए । जिप मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार